मन्त्रीपरिषदको वैठक : दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत राईलाई फिर्ता बोलाउने निर्णय


काठमाडौं – आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले दक्षिण अफ्रिकाका लागी नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको सहसचिवका रुपमा राजदूत बनाइएका राई मन्त्रालयभित्र असल, इमान्दार र धेरै चलखेल नगर्ने कुटनीतिज्ञका रुपमा चिनिन्छन्।

फिर्ता बोलाउने निर्णय गरिएका राजदूत राईलाई अर्काे मन्त्री परिषदले न्यूयोर्कका लागि नियोग प्रमुख बनाउने निर्णय गर्नासाथ उनी जिम्मेवारी सम्हाल्न जान सक्छन्। राजदूत राईलाई न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका लागि नेपाली नियोगको प्रमुख बनाइने सम्भावना छ। उनले यसअघि सो नियोगमा उपनियोग प्रमुखका रुपमा काम गरिसकेका छन्।

राजदूत राईलाई फिर्ता बोलाउने निर्णय गरेको आइतबार साँझको मन्त्रीपरिषद बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई राजदूत बनाउने निर्णय गरेको थियो।

यी मध्ये आचार्य श्रीलङ्काका लागि पूर्व नेपाली राजदूत हुन् भने पाण्डे साउदी अरबका लागि पूर्व नेपाली राजदूत। यसबाहेक आचार्य नेपाल–भारतबीचका सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठन गरिएको प्रबुद्ध व्यक्ति समूहका नेपाली पक्षका सदस्य पनि हुन्। ढकाल चाहिँ परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement