मन्त्रिपरिषद् बैठक बस्दै, तोकिएला निर्वाचनको मिति ?


काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

आज बस्ने बैठकले संघीय निर्वाचनको मिति तोक्ने सम्भावना रहेको जनाइएको छ । संघ र प्रदेशको मिति मंसिर पहिलो साताभित्र तोकिने सत्ता गठबन्धनका शिर्ष नेताहरुको दावी छ ।

यता निर्वाचन आयोगले पनि संघीय निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ । आयोगले यसअघि नै सरकारलाई आगामी मंसिर २ गते चुनाव गर्न मिति प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement