राष्ट्रियसभा सदस्यमा शाक्यलाई सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


काठमाण्डु – सरकारले राष्ट्रियसभा सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनित गर्न सिफारिस गरेको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्व राजदूत समेत रहेकी अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् । शाक्य नेकपा एमाले निकट छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement