सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिनेसहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


काठमाण्डु – सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्य दूत पदमा नियुक्ति गर्ने, संसद्को चालू अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने, राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement