सत्य निरुपण र छानबिन आयोगको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं – सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेशदत्त भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षमा युवराज सुवेदी नियुक्त गर्ने निर्णय गरेको छ ।

गत चैत दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो । दुई आयोगमा दलीय भागबण्डाका आधारमा नाम सिफारिस गरेको थियो ।

भट्ट नेपाली कांग्रेसका तर्फबाट सिफारिस भएका व्यक्ति हुन् भने सुवेदी नेकपाका तर्फबाट सिफारिस भएका थिए ।

शनिबार बसेको प्रमुख दुई दलको बैठकले ऐन संशोधनको काम अघि बढाउने र सिफारिस समितिलाई नाम सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement