जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि दिने सरकारको निर्णय


काठमाण्डु- सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रगतिशील गायक टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार पर्यटनमन्त्रालयको प्रस्तावमा मन्त्रिमरिषद् बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement