मन्त्रिपरिषद हेरफेर हुंदै, जनमतबाट अनितादेवी र माओवादीबाट तामाङ मन्त्री बन्ने


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन् । सिके रावत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् ।

जनमत पार्टीबाट अनिता देवी मन्त्री बन्नेमा छिन् । तर,उनलाई दिने मन्त्रालय टुंगिसकेको छैन । माओवादीबाट सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटनमन्त्री सुदन किरातीलाई हटाउने तयारी छ । माओवादीले किरातीको ठाउंमा नुवाकोटका सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने सम्भावना छ ।

प्रधानमन्त्री दाहाल चितवनमा छन् । दाहाल फर्केलगत्तै मन्त्रीमण्डल पुर्नगठनबारे निर्णय हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement