काठमाण्डु – सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फकुवा गरेको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपामाथिका २०७५ फागुन २९ गतेबाट लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
बैठकले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । आज सरकार र नेकपाबीच तीन बुँदे सहमति भएको थियो । शुक्रबार औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी छ ।




प्रतिक्रिया