बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, अर्थमन्त्री खतिवडा पनि उपस्थित


काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकले राष्ट्रिय सभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

यसअघिको बैठकमा अनुपस्थित रहेका अर्थमन्त्री डा. युवराज खतिवडा आजको बैठकमा उपस्थित भएको छन् ।  आजको बैठकमा अर्थमन्त्री खतिवडाको बिदाई गरिने स्रोतले जानकारी दियो ।

उनको कार्यकाल भदौ २० गतेबाट सकिँदैछ । राष्ट्रियसभाको पदावधि सकिएसँगै खतिवडाको मन्त्री पद पनि स्वतः सकिएको छ ।

खतिवडाको स्थानमा गौतमलाई लिने नेकपा सचिवालय बैठकले निर्णय गरेको हो । स्रोतकाअनुसार अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्रीले मुख्य सल्लाहकार बन्न प्रस्ताव गरेका छन् ।

सरकारको तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement