काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठनका लागी सिफारीस गरेका छन् । शुक्रवार मध्यरात बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघठनका लागी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारीस गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघठन गरेर मकात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपतिले सरकार गठनका लागि शुक्रबार बेलुकी ५ बजे सम्मको समय दिएकी थिइन्। निर्धारित समयमा ओली र देउवा दुवैले आफ्नो पक्षमा बहुमत सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेका थिए । त्यसमा दुवै पक्षको दावीलाई राष्ट्रपतिले खारेज गरेकी थिईन ।
संविधानको धारा ७६ उपधारा ७ मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।




प्रतिक्रिया