मन्त्रिपरिषद बैठक : बेलायत,भारत र अमेरिकाका लागी राजदूत सिफारिस


काठमाण्डु – सरकारले तीन देशका लागी राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफरिस गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको अघिल्लो दिन सरकारले बेलायतसहित दुई देशका लागी राजदूत सिफारीस गरको एक मन्त्रीले बताए ।

मन्त्रिपरिषदले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । राजदूत सिफारीस गरिएका तिनै जना कांग्रेस निकट हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement