कम्बोडियाद्धारा नेपाललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाण्डु – कम्बोडिया सरकारले नेपाललाई विभिन्न उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१८ व्वस्थापनका लागि सहयोग स्वरुप कम्बोडियाले दुईवटा विमान चार्टर गरेर स्वास्थ्य सामग्री नेपाल पठाएको हाे ।

विदेश मन्त्रालय तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डको टोलीले स्वास्थ्य तथा जन संख्यामन्त्री हृदयश त्रिपाठीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको मन्त्रालयले जानकारी दिएको छ ।

कम्बोडियाले फेस मास्क २० लाख थान, फेब्रिक फेस मास्क एक लाख थान, एन ९५ मास्क २० हजार थान, गुगलिज २० हजार थान, पीपीई सेट २० हजार थान, थर्मल गन पाँच सय थान, फेस सिल्ड २० हजार थान, २० थान भेन्टिलेटर लगायतका विभिन्न स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement