काठमाण्डु– सुनसरी जिल्लामा लगाइएको कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले सूचना जारी गर्दै कर्फ्यु हटाइएको जानकारी दिएको हो ।
साउन ११ गते राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश ांगलबार बिहान १२ः १५ देखि हटाइएको जिल्ला प्रशासन कार्यालय, जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको उक्त कर्फ्यु आज बिहान १२:१५ बजेदेखि खुला गरिएको उल्लेख छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिन लागि प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोलीबाट ९ जना घाइते भएका थिए ।





प्रतिक्रिया