काठमाण्डु – पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर झण्डै १० लाख ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भई हाल काठमाण्डुको टोखा नगरपालिका–११ मनमैजु बस्ने २२ वर्षीय रचना थापालाई पक्राउ गरेको हो । उनले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने…