राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष उप्रेती पक्राउ

काठमाण्डु – राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । बुधबार दिउँसो बालाजु क्षेत्रबाट उनलाई पक्राउ गरिएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । सहकारीको बचत हिनामिना गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन् । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ…