काठमाडौं – अर्घाखाँची घर भएका म्यानपावर सञ्चालक बाबुराम श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले ठगीको आरोपमा शनिबार नेपालगञ्जबाट पक्राउ गरेको हो । माल्टा पठाइदिन्छु भनेर ३०/४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले २ करोडभन्दा माथि रकम उठाएर फरार भएको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए…