चितवन – ह्याकरको आशंकामा प्रहरीले चितवनबाट २ चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि चितवनमा उस्तै शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई प्रहरीले पक्राउ गरेको हो । चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ केही दिनअघि पक्राउ परेको जनाएको छ ।…