जेलमा आन्दोलन गर्ने दुई जना महिला कैदीको सरुवा

बाँके – नेपालजञ्जमा रहेको जिल्ला कारागार, बाँकेमा रहेका दुई महिला कैदी सरुवा भएका छन् । कारागारका चौकीदारले गुणस्तरहीन खाना खुवाएको लगायत आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि आन्दोलनका मुख्य नाइके भनिएका भगवती राना र प्रेमा चन्दलाई अन्यत्र सरुवा गरिएको हो । रानालाई नवलपरासी र चन्दलाई पाल्पामा शुक्रबार बेलुका सरुवा गरिएको निमित्त जेलर दीपेन्द्र पौडेलले जानकारी दिए…