धनगढी— अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। अधिकृत डिसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डिसीबाट…