काठमाडौं– नक्कली भान्जा बनाई मृगौला तस्करी गरेको आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप्मा मंगलबार ललितपुर जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा–३ का शंकर लामा…