जर्जिया पठाई दिन्छु भन्दै ठगी गर्ने पथरीका रामकृष्ण पक्राउ


कठमाडौं – जर्जियामा काम लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेरङको पथरी नगरपालिका १ का रामकृष्ण राईले दोलखा गौरीशंकर गाउँपालिका ६ का कामे शेर्पालाई जर्जियामा क्लिनरको काम लगाइदिन्छु भन्दै ठगी गरेका थिए । उनले मािसक ९० हजार कमाउने प्रलोभन देखाएर सात लाख पचास हजार रुपैयाँ ठगी गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले राजन राईबाट तीन लाख पचास हजार, ईन्द्र लिम्बुबाट पाँच लाख रकम लिई ठगी गरेको खुल्न आएको थियो ।

प्रहरी उपरीक्षक स् सुशिल सिंह राठौरले पक्राउ परेका राईसँग अनुसन्धान भइरहेको जनाएका छन् । उनले यस्ता एजेण्टबाट सतर्क रहनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement