एनपीएलमा चितवनसँग पोखरा ३० रनले पराजित

एनपीएलमा चितवनसँग पोखरा ३० रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजसँग पोखरा एभेन्जर्स ३० रनले पराजित भएको छ ।

जीतका लागि पाएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा समेटिएको हो ।

पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । चितवनका रिजन ढकालले ४, कमलसिंह ऐरीले ३ विकेट लिएका छन् ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा  ६ विकेटको क्षतिमा १५१ बनायो ।

पोखराले टस जितेर बलिङ रोजेको थियो । पोखराका कप्तान चमिका करूणत्ने, कुशल भुर्तेल र विपीन खत्रीले २/२ विकेट लिएका थिए ।

लगातार चौथो हार व्यहोरेको पोखराको प्लेअफ सम्भावना न्यून छ। पोखराले बाँकी रहेका ३ खेल जितेपनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ। ४ खेलबाट पाँच अंक जोडेको चितवन तेस्रो स्थानमा पुगेको छ ।