खुँखार गुण्डा मनिष मानन्धर सोल्टीमोडबाट पक्राउ

काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंले कालीमाटीका गुण्डा कट्टु उपनाम भएका मनिष मानन्धरलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उपत्यकामा भएका दर्जनौ डाँका र लुटपाट मुद्दामा संलग्न रहेको खुँखार डाँका कट्टु मनिष मानन्धरलाई सोमबार पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार मानन्धर २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दामा फरार…