अपहरणमा परेका बालकको डेढ महीनापछी शव फेला, अपहरणपछि हत्या भएको बारा प्रहरीको पुष्टि !

वीरगञ्ज - करीब डेढ महीनाअघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौवर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ । भारत विहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएकोसोमबार एक बालकको शव सडेगलेको अवस्थामा भेटिएपछि उनको हत्या भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले गरेको छ…