खुर्पाले हानेर श्रीमतीको हत्या, भाग्दै गरेका श्रीमान् पक्राउ

ललितपुर- गोदावरी नगरपालिका-१ गोदामचौरस्थित जग्गा भाडामा लिई टहरा बनाई बसेका सिन्धुली घर भएका ४२ वर्षीय जयबहादुर वाईवालाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ । उनले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई मंगलबार बिहान खुर्पाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार घटना मंगलबार बिहान करिब ५स्३० बजे तिर भएको हो।…