बहिनी जिस्काएको भन्दै घनेन्द्रले गरे आफ्नै साथीको हत्या


धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा एक जना युवकले आफ्नै साथीको हत्या गरेका छन् ।

२५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको बहिनी जिस्काएको भन्दै धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

वैशाख पूर्णीमाको अवसरमा मन्दिरमा लागेको उभौली मेलामा रातभर नाचगान र खानपिनसँगै गरेका सन्तोषलाई घनेन्द्रले आफ्नो बहिनीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको प्रहरीले जनाएको छ । छुरी प्रहारबाट सन्तोषको आइतबार बिहान ५ बजे घटनास्थलमै मृत्यु भएको हो ।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि धनकुटा अस्पतालमा पठाइएको प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement