चाबहिलबाट ३४ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ


काठमाडौं – काठमाडौंको चाबहिलबाट प्रहरीले ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनील राई रहेका छन् । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) होमिन्द्र बोगटीले कारोबारमा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको जानकारी दिए ।

डीएसपी बोगटीले ती कारोबारी दुबईबाट अवैधानिक रुपमा नेपालमा रकम ल्याउने र पठाउने कार्यमा सक्रिय रहेको सूचनाका आधारमा सो रकमसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement