‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने घोषणा गर्दै निश्चलले भने-एमएसएम भिडिओमार्फत भेट्नेछौं

काठमाण्डु– नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उत्रिएको छ । फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेको बताएका हुन् । उनका अनुसार चलचित्र भोलि (बिहीबार) बाट हलमा लाग्ने छैन । ‘बेहुली फ्रम मेघौली’को राम्रो अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै निर्माता बस्नेत असन्तुष्ट बनेका थिए…