बालगायक सचिन परियारकाे निधन

बालगायक सचिन परियारकाे निधन


काठमाण्डु– भाइरल बाल गायक सचिन परियारको निधन भएको छ । बिहीबार बिहान १० बजे निधन भएको उनकै बुबा तेजेन्द्र परियारले जानकारी दिए ।

‘के छ हजुर’ भन्ने एक बाक्यका कारण सानै उमेर देखि भइरल बनेका सचिन लामो समय देखि अस्वस्थ रहेका थिए । बुधबार महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । शल्यक्रिया गरे पनि आफ्नै बलमा उभिन नसक्ने बनेका उनको टिचिङ अस्पतालमा उपचार हुँदै आएको थियो ।

सुरिलो र मिठो आवाजमा गीत गाउने र बोल्ने सचिन सानै देखि चर्चित थिए । कहिले गीत, कहिले युट्युव त कहिले आफ्नै बुबाका कारण उनी चर्चामा आइरहने गरेका थिए ।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको माग्दै आएका थिए । तर उनका बुबा तेजेन्द्रले सहयोगमा आएको पैसा दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

सचिनले हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका छन् भने ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत गाएका छन् ।