काठमाण्डु– बालगायक सचिन परियारको निधन निमोनियाका कारण भएको खुलेको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार उनको निधन निमोनियाका कारणले भएको हो ।
अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत रहेका उनको ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
सुरिलो र मिठो आवाजमा गीत गाउने र बोल्ने सचिन सानै देखि चर्चित थिए । कहिले गीत, कहिले युट्युव त कहिले आफ्नै बुबाका कारण उनी चर्चामा आइरहने गरेका थिए ।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको माग्दै आएका थिए । तर उनका बुबा तेजेन्द्रले सहयोगमा आएको पैसा दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
सचिनले हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका छन् भने ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत गाएका छन् ।
प्रतिक्रिया