काठमाण्डु - काठमाण्डु उपत्यकामा भएको वर्षाले प्रदूषण घटाएको छ । बिहीबार राति भएको वर्षाले पूदूषण घटाएको हो । प्रदूषण घटेपछि शुक्रबार बिहान काठमाण्डु उपत्यकाको वायुको गुणस्तर एक्यूआई ३४ मा झरेको छ । यो स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित मानिन्छ । जबकी बिहीबारसम्म एक्यूआई १ सय ५० भन्दा माथि थियो । वायु गुणस्तर सूचकांक अनुसार ५०…