किम्ची रेष्टुरेन्टको पिउने पानीमा किरा भेटिएपछि २ लाख जरिवाना

काठमाण्डु-काठमाडौंको अनामनगरमा रहेको नाम चलेको किम्ची किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडमा पिउने पानीमा किरा भेटिएपछि काठमाडौं महानगरले कारवाही गरेको छ । किम्चीको हलमा गत शुक्रबार महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको क्रममा वडा नं ११ की सदस्य यशोमती परियारले सिल गरिएको प्रशोधित पानीको बोतलबाट गिलासमा पानी…