काठमाडौँ– एक दिने निशुल्क स्वास्थ्य शिविर काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको इमाडोलस्थित स्वस्तिक टोल विकास संस्थाको आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीव २०० जनाले स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा वृद्धवृद्धा, बालबालिका, युवा आदिले नाक, कान, घाँटी र आँखाको विशेषज्ञ सेवा तथा सामान्य स्वास्थ्य परीक्षण गरेका थिए। महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले शिविरको उद्घाटन…