सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि प्रतिवादीहरूका तर्फबाट बहस

काठमाण्डु- पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसमा शुक्रवारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ । सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहसमा उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् । यसअघि मंगलवार र बुधवार दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको…