सुनसरी – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । श्रीमती २८ वर्षीया सम्झना रसाइलीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने भोजपुरको अरूण गाउँपालिका–६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाइलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको…