काठमाण्डु –भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने झापा घर भएका हरि प्रसाद फुयाँललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । फुयाँलले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको आरोपमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । उनलाई नेपाल–भारत सिमानास्थित पानी ट्यांकीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । फुयाँलले…