काठमाण्डु-भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सुरू गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले शनिवार अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । नेपाल एयरलाइन्स र…