काठमाण्डु-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिवद्व रहेको बताएका छन् । नेपाली कांग्रेस पर्यटन विभागद्वारा आज आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम् अन्तरक्रिया उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लग्न सकिए पर्यटनको विकास हुने बताए । आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामूखी काम गरेर देखाउने प्रतिवद्वता…