काठमाण्डु– महाशिवरात्रिका अवसरमा बुधबार पशुपतिनाथ,भक्तपुरको डोलेश्वर महादेव मन्दिर लगायत देशै भरका शिव मन्दीरमा दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहान २ बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको थियो । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको…