पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सम्झौता

काठमाण्डु-नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि सुर्खेतमा सम्झौता भएको छ । विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवद्र्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रममार्फत उच्च…