चलचित्रसम्बन्धी अध्ययन र अनुसन्धान गर्न छात्रवृत्ति प्रदान (नामसहित)

चलचित्रसम्बन्धी अध्ययन र अनुसन्धान गर्न छात्रवृत्ति प्रदान (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चलचित्रसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि चलचित्र विकास बोर्डले छात्रवृत्ति प्रदान गरेको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्तिवापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति ओस्कार इन्टरनेसनल कलेजको संयोजक नवनिधि दाहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सिपल शिशिर उप्रेतिले विद्यार्थीको छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरे ।

विद्यार्थी छात्रवृत्ति कार्यक्रम २०६१ सालबाट सुरु भए पनि यसवर्षदेखि माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।

यसअघि विद्यावारिधिमा दुई, स्नातकमा दश र सर्ट कोर्ष दुईजनालाई छात्रवृत्ति दिने गरे पनि यस वर्षबाट विद्यावारिधितर्फ तीनजना, स्नातकमा १३ र माध्यमिकतर्फ पाँचजनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।