कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदै

काठमाण्डु-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दीक्षान्त समारोहको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि पहिलो पटक दीक्षान्त समारोह आयोजना हुन लागेको हो । समारोहमा जनस्वास्थ्य, नर्सिङ, र चिकित्साशास्त्र विषयमा स्नातक तथा स्नातकोत्तर तहका ५६ जना विद्यार्थीहरूलाई…