काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । देब्रे खुट्टामा देखिएको ‘सेलुलाइटिस’ (छालाको संक्रमण) को सफल उपचारपछि उनलाई बिहीबार दिउँसो अस्पतालबाट बिदा गरिएको छ । अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालका अनुसार लामिछानेको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको छ । गत माघ ५ गते जनकपुरको कार्यक्रममा खुट्टामा…