काठमाण्डु-परदेशमा रहेका दाजु–भाइ र दिदी–बहिनीको भावनात्मक कथा समेटेर म्यूजिकल फिल्म रमाइलो तिहार निर्माण गरिएको छ । यस फिल्मले विशेष रूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध, र चाडपर्वमा घरको सम्झना झल्काउँछ । लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टीका र मखमली माला लगाई दीर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मियता…