मिस युनिभर्स २०२३ की विजेता शेनिस नेपालमा

काठमाण्डु-मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आएकी छन् । मिस युनिभर्स नेपाल २०२४ मा उपस्थित हुन उनी आज नेपाल आइपुगेकी हुन् । निकारागुवाकी २४ वर्षिया पलासियोस ७२ औं मिस युनिभर्स हुन सफल भएकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरे । जिम्बाबेबाट काठमाडौं आइपुगेकी पलासियोसको टोलीमा अन्य तीनजना सदस्य पनि छन् ।…