एजेन्सी – बलिउड अभिनेत्री आलिया भट्ट एसियाकी सर्वाधिक कामुक महिलाको शिर्ष स्थानमा परेकी छन् । बेलायतको ‘इस्टर्न आई’ नामक पत्रिकाले गरेको सर्वेक्षणमा गत वर्षको पहिलो नम्बरमा आएकी अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणलाई उछिन्दै आलिया पहिलो नम्बरमा परेकी हुन् । ‘म वास्तविक सुन्दरतामा विश्वास गर्दछु । उमेरसँगै सुन्दरता र शारिरीक बनावट परिवर्तन हुन्छन् । सुन्दर हृदयले…