विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दा संसद्मा रडाको, सूचना टाँसेर भोलिसम्म स्थगित

काठमाण्डु – विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान नछाडेपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामाको अडान नछाडेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।