सडक भत्किएपछि दाउन्ने खण्ड अवरुद्ध, हेटौँडा-काठमाण्डु जोड्ने कान्ति लोकपथ खुल्यो

काठमाण्डु- पूर्वपश्चिम राजमार्गको नवलपरासीको दाउन्ने खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले दाउन्ने सडक खण्डको खुर्सानी खोला नजिक सडक भत्किएको छ । बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलामा भत्किएको सडक अहिलेसम्म मर्मत नहुँदा गाडी रोकिएका छन् । सडकको मर्मत कार्य थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बर्दघाट बजारदेखि करिब ३ किलोमिटर…