काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधिलाई सरकारले लगाम लगाउने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले सरकारलाई नटेरेको र अराजक गतिविधि गरेको र आफूखुशी अगाडि बढ्न खोजेको बताए । प्राधिकरण सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजेको…