रौतहट दुर्घटना : मृतक सबैको पहिचान खुल्यो

काठमाण्डु-रौतहटमा आज दर्शनार्थी चढेको स्कर्पियो दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । बाराको महागढिमाई नगरपालिकामा लागेको पञ्चवर्षीय गढिमाइ मेला हेरेर सिरहा फर्किन लागेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो रौतहटको चन्द्रपुर नगरपालिका –४ पूर्वपश्चिम राजमार्ग स्थित धन्सर पुल नजिकैको जंगलमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते सबै यात्रु सिरहाकै छन्…