सरकारले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्ने

काठमाण्डु – सरकारले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले गुरुङमाथि अनुसन्धान गरिने र गैरकानुनी काम गरेको देखिएमा कारबाही गरिने बताएका हुन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग गृहमन्त्री लेखकले भने, ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ । तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’ उनले…