उपरथी केसीलाई रथीमा बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना

उपरथी केसीलाई रथीमा बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपरथी प्रदीपजंग केसीलाई रथीमा बढुवा गर्न सैनिक मुख्यालय जंगी अड्डाले ७ दिने सूचना निकालेको छ । १३ कात्तिक (मंगलबार) जंगी अड्डाले केसीलाई बढुवा गर्नेबारेको सूचना निकालेको हो ।

केसी अहिले सेनामा वरिष्ठतम उपरथी छन् । उनीभन्दा वरिष्ठतम उपरथी बाबुराम श्रेष्ठको म्याद थप नभएर घर गएकाले केसी वरिष्ठतम भएका हुन् । सूचनाको म्याद सकिएपछि केसीलाई रथीमा बढुवा गर्न सेनाले सिफारिस गर्नेछ । त्यसपछि रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेर निर्णय भएपछि उनी औपचारिक रूपमा रथीमा बढुवा हुनेछन् ।

सेनामा दुई रथीको दरबन्दी छ । रथी अशोक सिग्देल प्रधानसेनापतिमा बढुवा भएपछि रिक्त भएको एउटा रथी पदमा केसीको बढुवा प्रक्रिया सुरु भएको हो । अर्का रथी निर्मल थापा युएन मिसनमा कार्यरत छन् ।